१ अर्ब बढी कारोबार भएको सेयर बजारमा ४.२१ अंकको गिरावट

सोमबार, बैशाख १६, २०७६ साल,
काठमाडौं । सेयर बजारमा आज १ अर्ब भन्दा बढीको कारोबार भएपनि नेप्से परिसूचकमा गिरावट आएको छ । बजार ४.२१ अंकले घटेको छ ।

सोमबारको कारोबारमा १७४ कम्पनी सामेल भएका छन् । बजार १३१०.३१ बिन्दुमा अडिएको छ ।  यसदिन निर्जिबन बिमा तर्फ १०२.४३ अंकको गिरावट आएको छ भने दोस्रोमा विकास बैंकको १४.३६ अंकको गिरावट आएको छ । बैंकिङ समुह, जलविद्युत, फाइनान्स र माइक्रोफाइनान्स समुह घटेको छ ।

यता, जीवन बिमा तर्फ भने १३०.७२ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन तर्फ ९.७३ अंकले बढेको छ भने ट्रेडिङ, होटल र अन्य समुहमा पनि बढोत्तरी भएको छ ।

आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको कारोबार भएको छ । यसको १४ करोड ६९ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंकरहेको छ । नेपाल बैंकको ११ करोड २९ लाख बराबरको सेयर कारोकार भएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411