भोलिदेखि गुराँस लघुवित्तको आईपीओ खुल्दै

आईतवार, बैशाख १५, २०७६ साल,
काठमाडौं । भोलि सोमबारदेखि गुराँस लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा जैशाख २० गतेसम्म विक्रीमा रहनेछ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा जेठ १४ गतेसम्म विक्री खुला हुने छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् ५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले जारी गर्ने कुल २ लाख ५० हजार कित्ता आईपीओमध्ये ३  हजार ८ सय ७५ कित्ता शेयर कर्मचारी र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएकाले यस आईपीओलाई क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छैन । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411