बीमाले उचाल्यो नेप्से, ११ महिनापछि १३ सय विन्दु पार

आईतवार, बैशाख १५, २०७६ साल,
काठमाडौं । सेयर बजारमा सबैभन्दा बलियो हिस्सा ओगटेको बैंकिङ उपसूचक घटे पनि परिसूचक नेप्से २२ अंकले बढेको छ।

यो वृद्धिसँगै परिसूचकले ११ महिनापछि १३ अंकको विन्दु पार गरेको छ। गत वर्षको जेठ १७ यता नेप्से १३ सय अंकमुनि रहँदै आएको थियो।

एकाएक बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षित भएपछि आज समग्र परिसूचक बढेको हो। जीवन बीमा समूह ६२९ अंकले उक्लिएको छ भने निर्जीवन बीमा समूह ४६२ अंकले बढेको छ। दुवै समूहमा आएको उच्च वृद्धिले समग्र परिसूचकलाई धकेल्यो।

बीमालाई होटल र जलविद्युत समूहले समेत साथ दिएका छन्। होटल ९० र जलविद्युत समूह ६२ अंकले बढेका छन्।  विकास बैंक ६, उत्पादन ४६, अन्य ५ र माइक्रोफाइनान्स ९१ अंकले बढेका छन्। फाइनान्स १ अंकमुनि रातो रह्यो।

यस दिन १ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। उच्च अंकले बढेका बीमा समूहका कम्पनीहरुको मूल्य तुलनात्मक रुपमा अन्य समूहको भन्दा महँगो छ। जसले गर्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको हो।

कुल १७६ कम्पनीको सेयर कारोबार भएकोमा नेपाल बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो। सो बैंकको २३ करोड रुपैयाँ बराबरको साधारण सेयर किनबेच भयो।

एसियन लाइफ, डिप्रोक्स लघुवित्त, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, राष्ट्रिय बीमा कम्पनी (संस्थापक र साधारण) तथा आरएमडिसी लघुवित्तका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। सनराइज बैंकका लगानीकर्ताले सबैभन्दा बढी ४ प्रतिशत गुमाए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411