एनआईसी एशिया बैंकका ८ नयाँ शाखा

आईतवार, बैशाख १५, २०७६ साल,
काठमाडौं । एनआईसी एशिया बैंकले उपत्यका भित्र तीन,काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सामा १ गरि ८ नयाँ शाखा खोलेको छ।

पोखरा अमरसिंह चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा।डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले गरे।

त्यस्तै, नार्गजुन स्थित सितापाईला शाखाको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, शंखमुल शाखाको सोही वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारी, भैसेपाटी शाखाको सोही वडाका वडा अध्यक्ष पुरोषोतम खड्का, त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित बेत्रावती बजार शाखाको साही वडाका वडा अध्यक्ष गणेशकुमार नेपाल, धुलिखेल शाखाको उक्त नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु, पर्साको भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले उद्घाटन गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411