
नेपाल विश्वका ‘अति कम सकारात्मक अनुभूति भएका’ १० देशहरुको सूचीमा परेको छ ।
एक अन्तर्राष्ट्रिय सर्वेक्षणले शुक्रबार सार्वजनिक गरेको यो सूचीमा नेपाल ५३ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।
गालुप ग्लोबल एमोसन्स् रिपोर्ट सन् २०१९ को यो सर्वेक्षणमा नेपालभन्दा बढी सकारात्मक अर्को दक्षिण एशियाली देश बाङ्लादेश रहेको छ ।
अफगानिस्तान ४३ अंकका साथ यसवर्ष पनि सूचीको अन्तिममा छ ।
गालुपले विश्वका १४० राष्ट्रका एक लाख ५० हजार मानिसमा यो सर्वेक्षण गरेको थियो ।
यही सर्वेक्षणमा नेपाल सन् २०१८ मा ५४ अंकका साथ १३ देशको सूचीको नवौं स्थानमा थियो ।
अघिल्लो वर्षको तुलनामा नेपाल एक अंक माथि भए पनि यसले नागरिकको जीवन खासै परिवर्तन नभएको छनक दिन्छ ।
‘अति कम सकारात्मक अनुभूति भएका’ १० देशहरुको सूचीमा क्रमशः इजिप्ट, चाड, बाङ्लादेश, उत्तरी साइप्रस, नेपाल, लिथुयानिया, टर्की, यमन, बेलारुस र अफगानिस्तान छन् ।