८३ लाखको फूल बगैंचामा गोलभेडा फल्यो !

बिहीवार, बैशाख १२, २०७६ साल,
सुनसरीको धरान उपमहानगरपालिकाले ८३ लाख खर्च गरेर निर्माण गरेको फूल बगैचामा गोलभेडा फल्न थालेको छ।

उपमहानगरले वर्ष दिनअघि धरान बजारलाई सुन्दर बनाउन भानुचोकदेखि छाता चोकसम्म रेलिङ बनाएर फूल रोपेको थियो।

लाखौं रुपैयाँका फूलका विरुवा हुर्कने गमलामा गोलभेडा फल्न थालेका छन्। धेरै जसो गमलाहरुमा फूलका विरुवा मरिसकेको देखिन्छन्। सोही कारण पनि धरान बजार कुरुप बन्दै गएको छ।  

धरान बजारलाई सुन्दर बनाउने उदेश्यले मेयर स्व. तारा सुब्बाको परिकल्पनामा उपमहानगरले भानुचोकदेखि छाता चोकसम्म रेलिङ लगाई सडकको वरीपरि फलामका खम्बा गाडेर गमलामा फूलका विरुवा रोपेको थियो।

गमलामा रोपेको फुल गोडमेल गर्न उपमहानगरले चराजना माली नियुक्ति गरेको छ। तर, उपमहानगरपालिकाका मालीहरुले गमलामा लगाइएको फूलहरु गोडमेल नगरेका कारण गमलामा गोलभेडा र झारपात पलाएको धरान–२ का पर्वत श्रेष्ठले बताए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411