​विश्व बैंकद्वारा रु छयहत्तर करोड सहयोग

मंगलवार, जेष्ठ २६, २०७२ साल,
काठमाडौ । विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि रु ७६ करोड ३८ लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।

अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक ताकुया कामाताले उक्त सम्भौतामा हस्ताक्षर गरे ।

यातायातसँग सम्बन्धित ऐन तथा नियम तयार गर्ने लक्ष्य लिइएको उक्त परियोजनाको नेपाल सडक सुरक्षा परिषद् तथा सचिवालयबाट सञ्चालन हुनेछ ।

उक्त परियोेजनाको कार्यान्वयन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले कार्यान्वनमा ल्याउने छ । परियोजना कार्यान्वयनपछि मध्यमाञ्चल तथा पश्चिमाञ्चलका ७० हजार मिटर सडक छेउमा बार बनाइने छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411