अब मोटरसाइकलमा पनि एक घर एक मोटरसाइकल

बिहीवार, बैशाख १२, २०७६ साल,
काठमाडौं ।   १ घर १ टिभीएस नारा दिइएको योजना अन्तरगरको कार्यक्रममा टिभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता सम्पनन्न गरेको छ । यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवा स्थित टाइगर रिसोर्टमा भेला आयोजना गरेको थियो ।

 नेपाल सरकारको विभिन्न निकायका साथै एनजिओ, आइएनजिओ, तथा प्राइभेट सेक्टरहरुमा अत्यधिक माग हुँदै आएको टिभीएस बाइक तथा स्कूटरहरु सबै उमेर समुह र हर परिस्थितका सडकहरुको लागि उपयुक्त साबित भएको कम्पनीको दावी गरेको छ ।

 उक्त भेलामा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले सम्बोधन गर्दै भने,  हामी हाम्रो बिक्री रेकर्ड अझ सुधार गर्न चाहन्छौं र टिभीएस प्रति ग्राहकहरुले देखाउनु भएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित छौं । हामीलाई विश्वास छ, यो डिलर भेलाले तपाईं हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न अभिप्रेरित गर्नेछ ।

 विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका १०० सिसि देखि ३१० सिसि सम्मका विभिन्न टिभीएस मोटरसाइकल तथा स्कूटरहरु नेपालमा उपलब्ध छन् । ग्राहकहरुको उत्कृष्ट रोजाइमा पर्न सफल यी मोटरसाइकल तथा स्कूटरहरुमा कम्पनीले ५ वर्षको वारेन्टीका साथसाथै स्पट एक्स्चेन्ज सुविधा,  १ घण्टे द्रूत सेवा र अन्य धेरै सर्भिसहरु उपलब्ध गराएको छ ।

मेचीदेखि महाकालीसम्म फैलिएको बिक्री वितरण सञ्जाल र बिक्री पछिको सजिलो सेवाले गर्दा ग्राहकहरु टिभीएसको सर्भिसबाट प्रभावित हुने गरेका छन् । यसप्रकार सहज र स्तरीय सेवा पु¥याएर टिभीएससँग ग्राहकको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका डिलरहरुलाई उक्त भेलामा उत्कृष्ट डिलरको सम्मानबाट पुरस्कृत पनि गरिएको थियो । भेलामा जगदम्बा मोटर्सका अन्य प्रतिनिधिहरु लगायत विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411