युएईबाट रेमिट्यान्स पठाउने परिवारले विनाधितो ऋण पाउने, ऋण लिन के गर्नु पर्छ ?

बुद्धबार, बैशाख ११, २०७६ साल,
काठमाडौं। युनाइटेड अरव इमिरेट्स 'युएई'बाट रेमिट्यान्स पठाउनेले लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। युएईको अल फर्दान एक्सचेन्ज मार्फत नेपालमा रमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका लागि कर्जा पाउने छन्।  

संयुक्त राष्ट्र संघ पूँजी विकास कोष 'युएनसिडिएफ'ले ब्लकचेन टेक्नोलोजी मार्फत यो सुविधा प्रदान गर्ने भएको हो। ब्लकचेक टेक्नोलोजीले रेमिट्यान्स र बैंकबीच पुलको काम गर्छ।यो टेक्नोलोजीमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो व्यक्तिगत विवरण 'केवाइसी' भर्न सक्नेछन्।

यही प्रणाली अनुसार नेपालमा रेमिट्यान्स प्राप्त गर्नेको परिवारले पनि व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। ब्लकचेनमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो परिवारले लिएको कर्जा र किस्ताका बारेमा जानकारी पाउनेछन्।

युएनसिडिएफले रेमिट्यान्सलाई सहजीकरण गर्न तथा रेमिट्यान्सलाई पनि कर्जा प्राप्तीको माध्यम बनाउन सहजीकरणको भुमिका निर्वाह गरेको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411