१२ मिनेटको फरकमा दुई भूकम्प, राजधानीबासी त्रसित

बुद्धबार, बैशाख ११, २०७६ साल,

काठमाडौं । १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो ।

पहिलो भूकम्प धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको  गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यस्तै अर्को पराकम्प ४‍‍.३ रिक्टर आसपासको रहेको केन्द्रले जनाएको छ ।

०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा लगातार दुई वटा भूकम्पको धक्का आउँदा सर्वसाधारण त्रसित देखिएका छन् ।

भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का राजधानीसहित धादिङ, नुवाकोट, गोरखा, कमवानपुरलगायतका जिल्लामा महसुश भएको जनाइएको छ । अहिलेसम्म भूकम्पबाट कुनै भौतिक र मानवीय क्षति भएको जानकारीमा आएको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411