पूर्वमाओवादीबाट कोको भए नेकपाका जिल्ला अध्यक्ष ?

सोमबार, बैशाख ९, २०७६ साल,
काठमाडौं । सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ ।

जिल्ला अध्यक्ष र सचिवहरुको अन्तिम सूची महासचिव बिष्णु पौडेलले केन्द्रीय कार्यालयमा बसेर बनाइरहँदा पूर्व माओवादीतर्फका ३३ जिल्ला अध्यक्षको नाम बाहिरिएको छ । पूर्व माओवादीतर्फका अध्यक्षको नाम तय गर्नुअघि अध्यक्ष प्रचण्डले रामवहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा बिजय बनेम, सुनसरुीमा रामकुमारी चौधरी, उदयपुरमा बिनोदकुमार कटुवाल, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहनकुमार खड्का छन् ।

त्यसतै प्रदेश २ मा आठ मध्ये चार जिल्लाको अध्यक्ष पूर्व माओवादीले पाउँदा सिराहामा रामकुमार यादव, धनुषामा जोखकुमार बरबरिया यादव, सर्लाहीमा डाचाराज वाग्ले र बारामा गोपाल ठाकुर छन् ।

प्रदेश ३ का १३ मध्ये ५ जिल्लाको नेतृत्व पाएको माओवादीबाट रामेछापमा मैनकुमार मोक्तान, सिन्धुलीमा राजन दाहाल, चितनवमा यमबहादुर परियार, काभ्रेमा रुकु चौलागाई र नुवाकोटमा हिरानाथ खतिवडा अध्यक्ष बनेका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट गोरखामा जगन्नाथ खनाल, स्याङ्जामा पारस गैरे, म्याग्दीमा गोविन्द पौडेल र लम्जुङमा मधुमाया अधिकारी अध्यक्ष बनेका छन् । प्रदेश ५ बाट नवलपरासीमा राजुप्रसाद हरिजन, बाँकीमा आइपी खरेल, बर्दियामा भुवन थारु, रोल्पामा सुरेन्द्र थापा र पूर्वी रुकुममा मेघवहादुर श्रेष्ठ अध्यक्ष भएका छन् ।

कर्णाली प्रदेशबाट मुगुमा सुखबीर बुढा, कालिकोटमा दुर्गावहादुर राउत, हुम्लामा बिजय भण्डारी, जाजरकोटमा ढकवीर पुन र पश्चिम रुकुममा गोपाल शर्मा अध्यक्ष भएका छन् । सुदुरपश्चिम प्रदेशबाट बझाङमा कलवहादवुर खड्का,कञ्चनपुरमा वीरवहादुर थापा, डडेलधुरामा मानसिंह माल र दार्चुलामा गणेश खत्री अध्यक्ष भएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411