ग्लोबल आइएमई लघुवित्तको नाफा २५५ प्रतिशतले बढ्यो

सोमबार, बैशाख ९, २०७६ साल,
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले तेस्रो त्रैमाससम्म चार करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २५५.७१ प्रतिशतले बढी हो ।

लघुवितको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा कायम भएको छ । यो गतबर्षको तुलनामा २०९.३१ प्रतिशतले वृद्धि भएको हो ।

लघुवित्तले ७१ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २६ करोड ९७ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर दुई अर्ब ८२ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६८ पैसा छ भने मूल्य आम्दानी २०.५४ गुणा बढी छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411