एभरेष्ट बैंकको ९ महिनाको खुद नाफा १८ प्रतिशत बढ्यो, २ अर्ब २१ करोड रुपैयाँ कमायो

सोमबार, बैशाख ९, २०७६ साल,
काठमाडौं । एभरेष्ट बैंकले गत आवको यसै अवधिमा एक अर्ब ८७ करोड २० लाख खुद नाफा आर्जन गरेको बैंकको नाफा २ अर्ब २१ करोड ६० लाख पुगेको हो।

बैंकको खुद नाफाबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुमा ८६ करोड ५६ लाख रुपैयाँ व्यवस्था पश्चात एक अर्ब ३५ करोड ४ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको उल्लेख छ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ६२ लाख छ। ९ अर्ब ४७ करोड २० लाख ब्याज आम्दानी गरेको बैंकले ५ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ ब्याज खर्च गरेको हो।

गत चैत मसान्तको एक खर्ब २४ अर्ब ५४ करोड २० लाख निक्षेप संकलन गरि एक खर्ब २ अर्ब ३२ करोड १४ लाख कर्जा परिचालन गरेको छ ।

एभरेष्ट बैंकको आधार ब्याजदर ८.०१ प्रतिशतमा रहेको छ । खराब कर्जा अनुपात रहेकोमा घटेर ०।१८ प्रतिशतमा रहेको छ।

बैंकको सिसिडी अनुपात ७६.६९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ। यस्तै पूँजीकोष अनुपात १५.७० बाट १३.३८ प्रतिशतमा झरेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411