गणपति माइक्रोफाइनान्सको आईपिओ आजबाट खुल्यो

सोमबार, बैशाख ९, २०७६ साल,
काठमाडौं । गणपति माइक्रोफाइनान्सले बैशाख ९ गते सोमबारदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ।

कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो।

माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२.३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411