मेगा क्यापिटल औपचारिक सञ्चालनमा, मेगा बैंकबाटै सेवा पाइने

आईतवार, बैशाख ८, २०७६ साल,
काठमाडौं । मेगा क्यापिटल मार्केटस् लिमिटेड औपचारिक सञ्चालनमा आएको छ। मेगा बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मेगा बैंकको १०२ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बैंकले तयारी गरेको छ।

क्यापिटलले पूँजी बजार सम्बन्धी शेयर निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ क्यापिटलले यसअघि गत मंसिरमा बोर्डबाट मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न सैद्दान्तिक सहमति प्राप्त गरेको थियो ।

मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड तथा चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ। कम्पनीको अध्यक्षमा ईश्वरबहादुर गुरुङ र प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदयकान्त झा रहेका छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411