माछापुच्छ्रे बैंकले ९ महिनामा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमायो

आईतवार, बैशाख ८, २०७६ साल,
काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २४ करोड रुपैंया नाफा कमाएको छ ।

बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म कमाएको यस्तो नाफा मात्रै ४५ करोड ९४ लाख रुपैंया हो ।

बैंकले गत वर्षको यही अवधिसम्ममा कमाएको यस्तोन नाफा ८५ करोड ४० लाखको तुलनामा यो नाफा ४५.२९ प्रतिशत बढी हो ।

यो बैंकको निक्षेप ८० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसको कर्जा प्रवाह भने ७४ अर्ब ९६ करोड रुपैयाँ छ ।

बैंकको आधार ब्याजदर चैतसम्ममा १०.५२, पुँजीकोष ७।९६, सीसीडी अनुपात ७७.३६ प्रतिशत रहेको छ ।

गत त्रैमाससम्ममा यसको प्रति शेयर बजार मूल्य २३९ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ १३३.९१ रुपैयाँ रहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411