बाँसबाट बनेको कपडा ल्याउँदै रामदेवको पतञ्जली, पाँच सय बढी शोरुम खोल्ने

बिहीवार, बैशाख ५, २०७६ साल,
काठमाडौं । बाबा रामदेव आयुर्वेदिक उत्पादनको जगतमा एउटा नयाँ उत्पादन ल्याउने तयारीमा रहेका छन् । एक वर्ष पहिले स्वदेशी सिम लञ्च गरेर टेलीकमको दुनियाँमा कदम राखेका रामदेवले पतञ्जली बजारमा बाँसबाट बनेको कपडा ल्याउने भएका छन् ।

यसका लागि पतञ्जलीले भारतभरमा ५ सय भन्दा धेरै पतञ्जली पोशाक शोरुम खोल्ने भएको छ । योग गुरु बाबा रामदेवले ती केन्द्रहरुमा बाँसबाट बनेको कपडा पनि बेचिने बताएका हुन् ।

पतञ्जलीको पहिलो पोशाक शोरुम मंगलबार राजस्थानमा बाबा रामदेवले उद्घाटन गरेका हुन् । उक्त अवसरमा बाबा रामदेवले शोरुममा पुरुषका लागि संस्कार, महिलाहरुका लागि आस्था र स्पोर्ट्स पहिरनका सथै बाँसबाट बनेका विभिन्न प्रकारका कपडाहरुका पाइने बताए ।

रामदेवले स्देशीका साथै पतञ्जलीका पोशाकहरुमा गुणस्तरका मामलामा कुनै पनि सम्झौता नगरिने बताए । यसका लागि उनले १०० भन्दा अधिक विशेषज्ञहरुलाई गुणस्तर नियन्त्रणका लागि राखिएको बताइएको छ । एजेन्सी

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411