नेपालले अन्तरिक्षमा पठायो भू-उपग्रह, ‘स्याट-१’ सफलतापूर्वक प्रक्षेपण

बिहीवार, बैशाख ५, २०७६ साल,
काठमाडौँ। नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको छ। नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट(१’ सफलतापूर्वक प्रक्षेपण भएको छ। अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट स्याटेलाइट प्रक्षेपण गरिएको हो। प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

स्याटेलाइट जापानको क्युसु विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठ निर्माण गरेका हुन्। प्रक्षेपित स्याटेलाइटमा नेपाली राष्ट्रिय झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगोसहित प्रक्षेपण गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएकोमा खुसी व्यक्त गर्दै संलग्न सबैलाई बधाई दिएका छन्।
 

यस्तो बन्यो नेपालको पहिलो भू–उपग्रह, वैशाख ४ गते प्रक्षेपण गरिँदै

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411