हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ बाँडफाँड

मंगलवार, बैशाख ३, २०७६ साल,
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर मंगलबार बाँडफाँड भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरिएको उक्त कम्पनीको आईपिओमा अधिकांश आवेदकले २० कित्ता शेयर हात पारेका छन्।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका कूल ६९ हजार ६७० जना आवेदकमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले शेयर प्राप्त गरे भने २ हजार ७२० जनालाई १० कित्ताकित्ताका दरले बाँडफाँड गरिएको हो।

कूल सदर आवेदकमध्ये ९६ प्रतिशतले २० कित्ता र ४ प्रतिशत आवेदकले १० कित्ता शेयर प्राप्त गरेका हुन् ।

आईपिओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेकोमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ताको माग आवेदन रद्ध भएको छ । रितपूर्वक आवेदन दिएर सदर भएका ६९ हजार ६७० जना आवेदकलाई शेयर बाँडफाँड गरिएको हो ।








 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411