एलआईसि नेपालको ‘धनवृष्टि’ बीमा योजना, दुर्घटनामा ७५ लाख सम्म पाउने

शुक्रबार, चैत्र २९, २०७५ साल,
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ ।

इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना लाभ सहित हरेक ३ वर्षमा रकम फिर्ता पाउने बीमा योजना सार्वजनिक गरेको हो ।

विहीबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरेका हुन् ।

धनवृष्टि जीवन बीमा योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरिएको छ भने अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ ।

यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । यस्तै १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिने नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तियारले जानकारी गराए ।

यस्तै योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध हुने उनको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायिहरु जसले जीवन बीमाको साथै आफ्नो रकमको तरलता चाहनेहरुको लागि उपयुक्त हुने बताए ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411