१०२ मेघावाटको मध्यभोटेकोशी आयोजनाको काम छिटो सक्न स्थानीयको दबाब

शुक्रबार, चैत्र २२, २०७५ साल,
मेलम्ची । सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो ।

सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन । स्थानीय जनताको शेयर पनि रहेको आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका स्थानीय बासिन्दालाई मर्का परेको भन्दै स्थानीयतहको ध्यानाकर्षण भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

उनले एक विज्ञप्तिनै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको उल्लेख गरे । आयोजनाको काम सम्पन्न गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले विभिन्न बहाना गरेर निर्माणमा ढिलाइ गरेको उनको भनाइ छ । शुरुमा रू। साढे १३ अर्बमा सम्पन्न गर्ने योजना रहेको उक्त आयोजनाको लागत अहिले रू २० अर्बभन्दा माथि पुग्ने अनुमान गरिएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411