असक्त साथीलाई पिठ्युमा बोकेर ६ वर्षदेखि स्कुल लाने-ल्याउने गरिरहेका छन् यि १२ वर्षे बालक

शुक्रबार, चैत्र २२, २०७५ साल,
एजेन्सी । चीनको सिचुवानका एक १२ वर्षे बालकले विगत ६ वर्षदेखि शारीरिक रुपले असक्त साथीलाई पिठ्युमा बोकेर स्कुल लैजाने र ल्याउने गरिरहेका छन् ।

त्यतिमात्र होइन उनले आफ्ना साथीलाई शौचालय लैजाने, विभिन्न विषयगत अध्यन र गतिविधिका लागि कक्षा कोठाहरुमा पुग्न सहयोग गर्ने गर्दै आएका छन् ।

सिचुवान अनलाईन र सिह्न्वालाई उद्धृत गर्दै डेलीमेल डट को टड युकेमा प्रकाशित समाचार अनुसार १२ वर्षीय सु बिङयाङले साथी झाङ झेलाई हरेक दिन आफ्नो पिठ्युमा बोकेर विद्यालय लाने, ल्याउने गरिरहेका छन् । दुवै क्विङ्सेन काउन्टीको हेबाजी टाउन विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।
 

राष्ट्रिय अनुसन्धान विभागमा ५२ जनालाई जागरिको अवसर, अधिकृतमा ३० र सहायकमा २२ जना (सूचनासहित)


झाङ ४ वर्षको उमेरमा मायस्थेनिया ग्राभिस भनिने मांशपेसीसम्बन्धी दुर्लभ रोग लागेदेखि हिँडडुल गर्न सक्दैनन् । आफ्ना साथी सुप्रति कृतज्ञ झाङ भन्छन्, ‘सु मेरो सबैभन्दा मिल्ने साथी हो । ऊ हरेक दिन मसँगै पढ्छ, कुरा गर्छ र खेल्छ । उसले हरेक दिन जसरी मेरो हेरचाह गरिरहेको छ, त्यसप्रति म निकै आभारी छु ।

शिक्षकहरुका अनुसार सु अत्यन्त विनम्र, व्यवहारिक छन् । उनी कहिल्यै कुनै पनि कुरामा गुनासो गर्दैनन् र असल कामका बिना हिच्किचाहट अघि सर्छन् । तिनै असल बालक सु भन्छन्, ‘म २० किलोको छु र झाङ मात्र २५ किलोको । त्यसैले उसलाई बोक्न मलाई कुनै कठीनाई छैन । म उभन्दा ठूलो पनि छु । मलाई लाग्यो कि मैले नै उसलाई सघाइन भने अरु कसले सघाउला रु’

छोरा सुको यस्तो मानवीय व्यवहारबारे उनकी आमाले समेत अलि पछिमात्र थाहा पाएकी थिइन् । सुका साथीहरु सुनाएपछिमात्रै उनले यो कुरा थाहा पाएकी थिइन् ।
 

राष्ट्रिय वाणिज्य बैंकमा साढे ६ सयको सङख्यामा जागिर खुल्यो, कुन पदमा कस्ले आवेदन गर्ने ?

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489