६ किलो सुनको गहना लगाउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ

बिहीवार, चैत्र २१, २०७५ साल,
काठमाडौं । गहना बनाएर सुन तस्करी गर्ने भारतीय समूहका चारजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  

बिहीबार दिउँसो प्रहरीले ६ किलो सुनका गरगहना लगाएर नेपाल छिरेका चार भारतीयलाई पक्राउ गरेको हो।  लुकाएर ल्याएको सुनबारे सूचना आएपछि सादा पोशाकका प्रहरीले निगरानी बढाएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एसएसपी सन्दीप भण्डारीले एक पुरुष र तीन महिलासहित चार जनाबाट पाँच किलो चार सय ९७ दशमलव ६ सय ५० ग्राम सुन बरामद भएको जानकारी दिए।

पक्राउ पर्नेमा भारतका जतिन जैन, सुनिता जैन, बबिता र सरिता जर्क छन्। उनीहरु थाई एयरवेजबाट बैंकक हुँदै सुन लिएर काठमाडौं उत्रिएका थिए।

पक्राउ परेका चारै जनालाई भन्सार कार्यालय बुझाइएको छ। प्रहरीले बरामद गर्दा जतिनले हात र घाँटीमा गहना लगाएका थिए भने तीन महिलाले घाँटी र खुट्टामा गहना बनाएर ल्याएका थिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489