नेप्से झिनो अंकले घट्दा ४२ करोडको सेयर कारोबार

बिहीवार, चैत्र २१, २०७५ साल,
काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार मापक नेप्से परिसूचक ० दशमलव ६४ अंकले घटेको हो । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २ अंकले बढेको थियो । नेप्से परिसूचक १ हजार १ सय ६५ दशमलव २० अंकमा पुगेको छ ।

नेप्सेपरिसूचकसँग कारोबार रकम समेत घटेको छ । दिनभर भएका ६ हजार ८ सय ७१ कारोबारबाट १ सय ७२ कम्पनीका १७ लाख ६९ हजार ७ सय कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४२ करोड ३४ लाख ९२ हजार ६ सय ६३ रुपैयाँको सेयर कारोबार भएको छ । यस अघि बुधबार ५४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

नेप्से परिसूचकमा झिनो अंकले घटेपनि बैंकिङ, उत्पादन, फाइनान्स, नन लाईफ इन्सोरेन्स समुहको बढेपनि अन्य सबै समूहहरु ओलारो लागेका छन् ।

कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक पहिलो नमबरमा देखिएको छ । यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक दोस्रो नम्बरमा देखिएको छ ।

पहिलो नम्बरमा देखिएको एनआईसी एसियाको ४ करोड ७१ लाख ८० हजार ७ सय ९० रुपैयाँको कारोबार रभएको छ भने दोस्रो स्थानमा देखिएको एनसीसीको बुधबार २ करोड ५० लाख ८ हजार ८ सय ६९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सिभिल बैंक, नेपाल बैंक लिमिटेड, माच्छापुच्छ्रे बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489