ग्लोबल आइएमई बैंकका ५ नयाँ शाखारहित बैंकिङ सेवा सुरु

बुद्धबार, चैत्र २०, २०७५ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा थप ५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले रोल्पाको परिवर्त गाँउपालिका , रोल्पाकै इरिवाङ्ग, थवाङ्ग गाउँपालिका – २, ठूलोगाउँ, ईलामको शुर्योदय नगरपालिकाको कट्टुसे, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पत्थरगाडा, पाँचथरको हिलिगाँउ गाउँपालिका र सिङ्गापुरमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो।

बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम,सिसडएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रमा बैंकिङ्ग सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकिङ्ग सेवा शुरु गरेको बैंकको भनाइ छ।

बैंकका १३५ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411