हिमालय ऊर्जाको आईपिओ खुल्यो, ५० देखि ६५०० कित्तासम्म भर्न पाइने

बुद्धबार, चैत्र २०, २०७५ साल,
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले आजदेखि सर्वसाधारणमा १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

निष्काशित १४ लाख ८५ हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत बराबरको ७४ हजार २५० कित्ता र कर्मचारीहरुलाई दुई प्रतिशत बराबरको ४४ हजार ५५० कित्ता छुट्टाएर बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन्।

यस्तै मेरो शेयर प्रयोगकर्ताले यसको प्रग गरेर शेयर भर्ने सुविधा रहेको छ। आईपिओ चैत २० देखि छिटोमा चैत २५ गते निष्काशन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने बैशाख १९ गतेसम्म खुला रहनेछ।

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ।

आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489