सर्वोच्चमा ५ जना न्यायाधीश सिफारिस, उच्च अदालतमा पनि १८ न्यायाधीश नियुक्ती, को को भए न्यायाधीश

मंगलवार, चैत्र १९, २०७५ साल,
काठमाडौं । मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च र उच्च अदालतमा गरी २३ जना न्यायाधीश नियुक्ति र पदस्थापन सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ न्यायाधीशको सिफारिस र पदस्थापन निर्णय गरेको न्याय परिषद् सचिवालयले जनाएको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्वमहान्यायाधिवक्ता तथा अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता डा मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

यस्तै उच्च अदालतमा रिक्त १८ जना न्यायाधीशमा न्याय सेवाका विशिष्ट श्रेणी अधिकृतबाट नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाललाई नियुक्त गरिएको छ ।

पौडेललाई पाटन उच्च अदालत, उपाध्यायलाई हेटौडा उच्च अदालत इजलास र ढकाललाई जनकपुरमा पदस्थापन गरिएको पनि परिषद्ले जनाएको छ ।

पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीश निलम पौडेललाई उच्च अदालत जनकपुर अन्र्तगतको राजविराज इजलास, जिल्ला न्यायाधीशहरू बालमुकुन्द दवाडी, लेखनाथ ढकाल, राजेशकुमार काफ्ले,महम्मद जुनेद आजाद, कुलप्रसाद शर्मा, र नागेन्द्रलाल कर्णलाई पनि उच्च अदालतको न्यायाधीश बनाइएको छ ।

कानुन व्यवसायीहरू अन्जु उप्रेती ढकाल, जगतबहादुर थापा (मोरङ), सरलाकुमारी पाण्डे (रूपन्देही), विमल सुवेदी (भोजपुर), रेणुका साह (महोत्तरी), डालकुमार खड्का (बारा), उज्वल शुक्ल (ललितपुर) र नवराज थपलिया (नुवाकोट) पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411