सेयर बजारमा १४.३२ अंकले बृद्धि, ३६ करोडभन्दा वढीको सेयर किनबेच
सोमबार, जेष्ठ २५, २०७२ साल,
(1).jpg)
काठमाडौं । सेयर बजार १४.३२ अंकको बृद्धिसहित बन्द भएको छ । नेप्सेमा १२६ कम्पनीका ११ लाख ६१ हजार ३९९ कित्ता सेयर किनबेच भएका छन् । कुल ३६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
होटल वाहेक सबै सुचक उकालो लागेको छ । बैंकिङ समूह १५.८५ अंक, अन्य समूह ४.७ अंकले, उत्पादनमूलक ५८ अंकले बढेको छ । विकास बैंक १६, जलविद्युत ४८, फाइनान्स १.४, बिमा ७.२१ अंकले बढेको छ ।
मितेरी, नेपाल एक्सप्रेस र कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले नौं प्रतिशतभन्दा वढीले कमाएका छन् । नेको इन्स्योरेन्सको मूल्य १० प्रतिशतले घटेको छ भने एनएलजी इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा केही वढीले घटेको छ ।