चीनको शंघाई बन्यो ५जी नेटवर्क मोबाइल चल्ने विश्वको पहिलो शहर

आईतवार, चैत्र १७, २०७५ साल,
चीनको शंघाई शहर 5G कभरेजका लागि विश्वको पहिलो शहर बनेको छ । शंघाईले दाबी गर्दै आफू 5G कभरेज र ब्रडब्राण्ड कनेक्टीभिटी र नेटवर्क भएको विश्वको पहिलो शहर बनेको दाबी गरेको छ ।

चीन नेक्स्ट जेनेरेशन मोबाइल नेटवर्कको मामलामा अमेरिका र अन्य देशह रु लाई पछाडि पार्ने प्रयासमा लागेको छ । 5G मोबाइल टेक्नोलोजीको नेक्स्ट जेनेरेशन हो, जसले हालको ४जी नेटवर्कको तुलनामा १० देखि १०० गुणासम्मको तीव्र स्पीड दिन्छ ।

चाइना डेलीका अनुसार, शंघाईमा छन् कभरेज र ब्रडब्याण्ड नेटवर्क तयार भइसकेको छ । 5G को सफल परीक्षण पनि भइसकेको र आधिकारीक रूपमा उक्त सेवालाई शंघाईको काउमा शनिबार सुरू गरिएको बताइएको छ । त्यहाँ ३ महिना पहिले नै 5G बेस स्टेशन बनाइ सकिएको छ ।

5G लञ्चको अवसरमा शंघाईका उपमेयरले दुनियाँको पहिलो छन् फोर्डेबल फोन हुवावे मेट एक्सबाट भिडियो कल पनि गरेका थिए । उक्त सेवा पूर्ण रूपमा सुरू भएपछि प्रयोगकर्ताहरूलाई हालको नम्बर परिवर्तन गरे बिना नै सेवा प्राप्त हुने बताइएको छ ।

१०० अर्ब डलर आम्दानी भएको चिनीयाँ कम्पनी हुवावेले अमेरिका समेत कयौँ देशमा 5G परीक्षणलाई लिएर विरोधको सामना गर्न परिरहेको छ । अमेरिकाले चीनले जासुसीका लागि हुवावेको नेटवर्कको प्रयोग गर्नसक्ने भन्दै हुवावेको उपकरण सुरक्षित नभएको बताउदै आएको छ । यसका बाबजुद चीनका कयौँ ठाउँ र तिब्बतमा समेत 5G स्टेशन बनाइएको छ । एजेन्सी

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489