लगानी सम्मेलनमा उद्योग मन्त्री यादवले किन लिएनन् उपहार ?

शुक्रबार, चैत्र १५, २०७५ साल,
काठमाडौं । उद्योग मन्त्री मातृका प्रसाद यादवले लगानी सम्मेलनमा दिइएको मायाको चिनो अस्वीकार गरेका छन् ।

प्यानल छलफल कार्यक्रम सकिए पछि गैह्र आवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट छलफलमा सहभागीका लागि उपहार वितरणका लागि मञ्चमा आएका थिए ।

पहिलो उपहार मन्त्रीका लागि भनेर कार्यक्रम सञ्चालिकाले घोषणा गरे पनि मन्त्रीले उक्त उपहार स्वीकार गरेनन् । मन्त्री यादवले कार्यक्रमको आयोजक नेपाल सरकार आफै भएको भन्दै आयोजकले पुरस्कार नलिने बताए ।

मन्त्रीको अस्वीकार पछि एनआरएनएका अध्यक्ष भट्टले उक्त पुरस्कार पञ्चकन्य समूहका म्यानेजिङ डाइरेक्टर प्रदिप कुमार श्रेष्ठलाई प्रदान गरेका थिए । मायाको चिनो अस्वीकार गरेको विषयलाई नकारत्मक समाचार नबनाई दिन मन्त्री यादवले सञ्चार माध्यमलाई आग्रह समेत गरे ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411