कृषि विकास बैंकको २१ प्रतिशत लाभांस साधारण सभाबाट पारित

शुक्रबार, चैत्र १५, २०७५ साल,
काठमाडौं । कृषि विकास बैंकको साधारण सभाले लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको २१ प्रतिशत लाभांस पारित गरेको छ ।

बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज शुक्रबार सम्पन्न साधारण सभाले १५.०५ प्रतिशत नगद लाभांस तथा ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको साधारण सभाले संचालक समितिमा सर्वसाधरण शेयरधनीहरुको तर्फबाट ३ जना संचालक सदस्य समेत चयन गरेको छ । जसमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोद कुमार गुरागाई रहेका छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411