ब्रुनाईमा विवाहेतर र समलैंगिक सम्बन्धमा ढुंगाले हानेर मार्ने कानून लागू

शुक्रबार, चैत्र १५, २०७५ साल,
एजेन्सी । ब्रुनाईमा अर्को हप्तादेखि विवाहेतर र समलैंगिक सम्बन्ध अपराध ठहर हुने र अपराधीलाई ढुंगाले हानेर मार्ने कठोर शरिया कानून लागू हुने भएको छ ।

उक्त कानूनको भारी आलोचना भएपछि त्यसलाई चार वर्षसम्म विचाराधीन अवस्थामा राखिएको थियो ।

बुधवार उक्त कानूनको घोषणा गरिएपछि अधिकारवादी समूहहरू स्तब्ध भएका छन् । स्रोतसाधनमा धनी ब्रुनाईले छिमेकी मलेसिया र इन्डोनेसियामा भन्दा बढी कठोर किसिमको इस्लाम अनुसरण गर्ने गरेको छ ।

सुल्तानको राज रहेको ब्रुनाईले यो फौजदारी संहिता अर्को बुधवारदेखि लागू गर्ने भएको छ । ब्रुनाईमा चोरीको अपराधमा हात र गोडा काट्ने सजायको व्यवस्था छ ।

हुन त समलैंगिकता ब्रुनाईमा अवैध छ तर अब यो मृत्युदण्ड पाइने कसूर बनेको छ । यो कानून मुसलमानमाथि मात्र लागू हुन्छ ।

चोरीको अपराधमा पहिलोपटकको कसूरमा दायाँ हात काट्ने र दोस्रोपटकको कसूरमा देब्रे गोडा काट्ने सजाय छ ।

एम्नेस्टी इन्टरनेसनलले ब्रुनाईलाई यी नयाँ दण्डको व्यवस्था तत्कालै रोक्न आग्रह गरेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411