निर्दयी ट्याक्सी चालक ! यात्रुलाई हृदयाघात भएपछि अलपत्र पारेर भागे

शुक्रबार, चैत्र १५, २०७५ साल,
काठमाडौं । राजधानीमा एक ट्याक्सी चालकको अमानविय व्यवहारका कारण एक व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ का ६० वर्षीय गोपाल कारन्जितलाई हृदयघात भएपछि ट्याक्सी चालक कमलबहादुर श्रेष्ठले बाहिर निकालेर फरार भएका थिए।

प्रहरीका अनुसार गोपालको बाहिर निकालेकै ठाउँमा निधन भएको थियो। राजधानीको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालबाट उपचार गरेर घर फर्कन लागेका गोपालको ट्याक्सी चढेर केही अगाडि बढ्ने बित्तिकै उनलाई हृदयघात भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

गोपाललाई समस्या हुने वित्तिकै ट्याक्सी चालकले गाडिबाट बाहिर निकालेर हिँडेका थिए। प्रहरीले सिसिटिभी फुटेजका आधारमा ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ। उनीमाथी सार्वजनिक अपराधको मुद्धा लाग्ने जनाईएको छ। ‘त्यस्तो विरामीलाई नजिकै अस्पताल हुँदाहुँदै बाहिर निकालेर भाग्ने ट्याक्सी चालकमाथी कारबाही हुन्छ’, डीएसपी बोगटीले भने।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411