नविल बैंकले ३.९४ प्रतिशत व्याजमा नारीलाई ऋण दिन ल्यायो ‘नविल नारी’ प्याकेज

बिहीवार, चैत्र १४, २०७५ साल,
काठमाडौं । नविल बैंकले नविल नारी प्याकेज ल्याएको छ। नारीहरुका लागि यो प्याकेज पूर्ण रहेको बैंकले जनाएको छ।

यस प्याकेजअन्तर्गत नविल प्रिमियम नारी बचत, नविल नारी कर्जा र ‘वुमन रन माइक्रोइन्टर प्राइजेज लोन’ रहेका छन्।

नविल नारी बचत खाता खोल्नेले वार्षिक ४.७५ प्रतिशत व्याज पाउनुका साथै स्मार्ट बैंक, क्रेडिट कार्ड, लकर सेवा लगायतमा विशेष सुविधा पाउने बैंकले जनाएको छ।

त्यस्तै नविल नारी कर्जाअन्तर्गत नारीहरुले आफ्नो व्यवसाय अघि बढाउन वार्षिक ९.९९ प्रतिशत व्याजमा ऋण पाउन सक्छन्। व्यवसायका आधारमा ५ लाखदेखि डेढ करोडसम्म ऋण दिइने बैंकले जनाएको छ। साथै यसअन्तर्गत ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्ड निशुल्क प्रदान गरिनेछ।

त्यस्तै ‘वुमन रन माइक्रोइन्टरप्राइजेज’ अन्तर्गत विपन्न वर्गअन्तर्गतबाट सस्तो ब्याजमा ऋण प्रदान गरिनेछ। वार्षिक ३.९४ प्रतिशत व्याजमा १५ लाख रुपैयाँसम्म ऋण प्रदान गरिने बैंकले जनाएको छ। यसबाट महिलामा उद्यमशीलताको भावना विकास हुने बैंकको दावी छ। ५ वर्षसम्मका लागि लिन पाइने यस्तो ऋणमा १८ वर्षदेखि ६५ वर्षसम्मका महिला सहभागी हुन सक्नेछन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489