कर्मचारी समायोजन सकियो, अब लोकसेवाले एकैपटक २० हजारको लागि आवेदन खोल्ने

बिहीवार, चैत्र १४, २०७५ साल,
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेसँगै लोकसेवा आयोगले विभिन्न तहमा कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी थालेको छ ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको भन्दै अब नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरू गर्न लोकसेवा आयोगलाई आग्रह गरेका हुन् । 

मन्त्री पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । उनले भने, '१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं,’ मन्त्री पण्डितले भने ।

समायोजनको काम कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मन्त्री पण्डितले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिश मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको प्रशंसा गरेका थिए ।

लोक सेवा आयोगले अब कर्मचारी पदपूर्तिका लागि विभिन्न तहमा करीब २० हजारको संख्यामा आवेदन खुलाउनेछ ।

कर्मचारी समायोजन नसकिएकाले सरकारले यस वर्ष थोरै संख्यामा मात्रै कर्मचारी मागेको थियो । तर पनि लोकसेवाको तयारी थाल्नेको संख्या भने उल्लेख्य थियो ।

उच्च शिक्षा पढेका युवाहरू जापान तथा कोरिया जान लाम लागेका थिए तर सरकारले ठूलो संख्यामा कर्मचारी माग गर्न लागेपछि उनीहरू लोकसेवाको तयारीमा लाग्न सक्नेछन् ।

अब सरकारी जागिर खाने उमेर ३५ बाट घटाएर २८ वर्षमा झार्न सांसदको प्रस्ताव

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489