राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौतापत्र

मंगलवार, चैत्र १२, २०७५ साल,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौतापत्र भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि वित्तीय साक्षरता कार्यक्र्रमलाई प्रभावकारी ढंगले विस्तार हुनेछ ।

उक्त सम्झोैतापत्रअनुसार नेसनल बैंकिङ इन्स्टिच्युटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एप् प्को संरचना र सुविधाहरुबारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराइने भएको छ ।

साथै बैंकले एप् मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षकशिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापनगरि दिनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय संचालनबारे जागरुक्ता ल्याउनथपउर्जा मिल्ने छ । वित्तीय साक्षरताको विविध सामाग्रीहरू सबै माझ लैजान एनआईवि मोवाईल एपको प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवातहुनेछ भन्ने विश्वास गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411