सिटिजन्स बैंकको सिइओमा गणेशराज पोखरेल नियुक्त

मंगलवार, चैत्र १२, २०७५ साल,
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् ।

बैंकको चैत ११ बसेको संचालक समितिले कामू प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेललाई चारवर्षसम्म कार्यकाल रहने गरेर सिइओ बनाउने निर्णय गरेको थियो ।

तत्कालिन प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात पोखरेलले कामू सिइओको रुपमा बैंक थिए ।

स्थापनाकालदेखि सिटिजन्स बैंकमा कार्यरत पोखरेल भण्डारीको कार्यकालभर नै दोस्रो बरियतामा थिए ।

पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनको २५ वर्ष अनुभव भएका पोखरेलले बैंकलाई थप उचाईमा पुर्याउने विश्वास बैंक संचालक समितिले लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411