स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, २५ हजार २०० ले पाए १० कित्ता

आईतवार, चैत्र १०, २०७५ साल,
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आईपिओ बाँडफाँड गरिएको हो।

लघुवित्तको आईपिओमा आवेदन गरेमध्ये भाग्यमानी २५ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन् ।

आईपिओमा आवेदन गरेर सदर भएका कूल २ लाख ९८ हजार ३५३ जनामध्ये २ लाख ७३ हजार १५३ जनाको हात खाली भएको छ भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको थियो । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन खुला गरेको थियो ।

सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरको माग सदर भएको थियो भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको थियो।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411