नेप्सेमा १ करोड ३८ लाख बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति शेयर?
शुक्रबार, चैत्र ८, २०७५ साल,

काठमाडौं । नेप्सेमा तीन कम्पनीको गरी कुल १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बोनस शेयर सूचीकृत हुनेमा एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ दशमलव २२, बुटवल पावरको २२ लाख १८ हजार ८३४ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै सिटिजन्स बैंक इन्टरेनशनल लिमिटेडको २९ लाख १४ हजार ४५७ दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो ।
यि कम्पनीले आफ्नो साधारणसभाद्वारा शेयरधनीहरुलाई नाफाबाट वितरण गरेको शेयर हो ।
यि शेयर प्राप्त गर्ने शेयरधनीहरुले आइतवारदेखि दोस्रो बजार मार्फत खरीद–विक्री गर्न सक्नेछन् ।