तीन वर्षसम्म बैंक खाता नचलाए के हुन्छ ?

शुक्रबार, चैत्र ८, २०७५ साल,
काठमाडौं । बैंकमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार नभए स्वतःनिश्क्रिय हुने भएको छ।

राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो। यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको बचत खाता स्वतः निश्क्रिय हुँदै आएको थियो।

त्यस्तै चल्ती र कल निक्षेप खातामा भने ६ महिनासम्म कारोबार नभएमा निश्क्रिय हुने भएको छ। निश्क्रिय खातालाई पुनः सक्रिय बनाउन बैंकमै गएर आवश्यक प्रक्रिया पुर्याउनुपर्नेछ।

बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर ग्राहक संख्या बढाउनेतर्फ लाग्दा एउटै व्यक्ति तथा संस्थाले धेरै बैंकमा खाता खोल्ने गरेका छन्। धेरै बैंकमा खाता खोले पनि नियमित कारोबार भने एउटा वा दुईटामा मात्रै हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थामा पुस मसान्तसम्म २ करोड २० लाख बचत खाता खोलिएका छन्। जसमध्ये ४४ लाख ५० हजार बचत खाता निश्क्रिय छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ मसान्तसम्म कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ४७.७ प्रतिशत रहेको छ। त्यस्तै चल्ती खाताको ८.७, बचत खाताको ३३.५ र अन्यको १०.२ प्रतिशत हिस्सा छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489