‘नेपालको पानी, जनताको लगानी, कार्यक्रम अन्तर्गत त्रिशुली 'बी' मा प्रधानमन्त्रीले कति शेयर किने ?

बिहीवार, चैत्र ७, २०७५ साल,
काठमाडौं । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

प्रधानमन्त्रीले जनताको जलविद्युत कार्यक्रमको उदघाटन गर्दाको दिनमा नै पहिलो आयोजनाको पहिलो आवेदन आफ्नो तर्फबाट गर्ने घोषणा गरेका थिए ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशूली ‘बी’ जलविद्युत कम्पनीले आजदेखि खुला गरेको आईपिओमा प्रधानमन्त्री केपि ओलीले पहिलो आवेदन दिएका छन्। ओलीले उक्त आयोजनाको शेयरका लागि अनलाईन मार्फत आवेदन गरेका हुन् ।

शेयर खुलेको पहिलो दिनमा प्रधानमन्त्री ओलीले दश हजार कित्ताका लागि आवेदन दिएका हुन् । त्यस्तै उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन् ।

१० रुपैयाँमा किन्न सक्ने गरी त्रिशुली जलविद्युतको आईपिओ आजबाट खुल्यो


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411