१० रुपैयाँमा किन्न सक्ने गरी त्रिशुली जलविद्युतको आईपिओ आजबाट खुल्यो

बिहीवार, चैत्र ७, २०७५ साल,
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले आज चैत ७ गते देखि ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गरेको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

त्यस मध्ये ३ प्रतिशत अर्थात १ लाख ११ हजार १५० कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

जनताको जलविद्युत कार्यक्रम अन्र्तगत आईपिओ निष्काशन भएकाले हाललाई प्रतिशेयर १० रुपैयाँका दरले न्युनतम १०० कित्ता देखि अधिकत्तम १० हजार कित्ता सम्म आबेदन गर्न सकिनेछ ।

शेयर खरिद गर्न चाहनेले शेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने व्यवस्था छ । बाँकी ९० प्रतिशत पूँजी भने आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिनेछ ।
 

१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री अ‍ोली



इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओ छिटोमा चैत ११ गतेसम्म आबेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आबेदन नपरे बैंशाख ६ गते सम्म आबेदन गर्न सकिनेछ ।

कम्पनीको आईपिओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर आश्व सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आश्वा प्रणाली मार्फत आबेदन गर्न सकिने व्यवस्था छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल तोकिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411