१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री अ‍ोली

बिहीवार, चैत्र ७, २०७५ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ ।

यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खातासमेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युतत् कार्यक्रम संयोजन समितिका सदस्य सचिव एचआइडिसिएल सिइओ छविराज पोखरेलले बताए । ऊर्जामन्त्रीले पनि ग्लोबलमै डिम्याट खाता खोलेको उनले जानकारी दिए ।

‘प्रधानमन्त्री र मन्त्री दुवैले बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । प्रधानमन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गर्ने जानकारी पाएकोसमेत उनले बताए । ‘ऊर्जामन्त्रीज्यूले पनि न्यूनतम १० हजार रुपैयाँकै सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । यो समाचार पुष्प कोइरालाले नयाँ पत्रिकामा लेखेका छन् ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411