अनमोलको फिल्म हेर्न बुवा र श्रीमती लिएर पुगे प्रधानमन्त्री ओली हलमा

बुद्धबार, चैत्र ६, २०७५ साल,
काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका छन्।  प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर फिल्म हेर्न गएका हुन्।  

राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र 'क्याप्टेन' को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए।

चलचित्र 'क्याप्टेन' मा  राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411