सीके राउतको पार्टीको नाम जनमत, चुनाव चिन्ह अष्टदल, यस्ता छन् निर्णय

सोमबार, चैत्र ४, २०७५ साल,
काठमाडौं । स्वतन्त्र मधेस गठबन्धन’को नाममा रहेको सीके राउत नेतृत्वको पार्टीको नाम फेरिएको छ । सोमबार सिरहामा बसेको राष्ट्रिय परिषदको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

सोमबार प्रेस विज्ञप्तीमार्फत निर्णयहरु सार्वजनिक गर्दै पार्टीको अध्यक्षमा सीके राउत चयन भएका छन् । त्यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।  

पार्टीको  चुनाव चिन्हमा ‘अष्टदल’ राख्न बैठकले निर्णय गरेको छ ।






 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489