एनसेलको रिचार्ज कार्ड बिक्रेताका लागि ‘एनसेल सुपर सेलर’ योजना, जहाँ गाडी पाइनेछ !

सोमबार, चैत्र ४, २०७५ साल,
काठमाडौं । एनसेलले देसभरिका खुद्रा बिक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ ।

योजनामा खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ।

यो योजना चैत्र १ गतेबाट लागू भएको छ। १० महिना सम्म संचालनमा रहनेछ। कम्पनीका अनुसार योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद र बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्ने छ।

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूह मध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्ने कम्पनीको भनाइ छ।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वाशिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्ने जनाइएको छ।

‘एनसेल सुपर सेलर’ योजना लागू भएको ६ महिना पछि खुद्रा बिक्रेताले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् ।यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा बिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एप बाट खरिद गरेको हुनुपर्नेछ।

यस योजनाको चार समूह अन्तर्गत खुद्रा बिक्रेताहरुले ३७ हजार भन्दा बढी उपहारहरु जित्नेछन्। साथै योजनामा सहभागी मध्ये उत्कृष्ट १० हजार खुद्रा बिक्रेतालाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489