ठोक्किनबाट केही सेकेण्डले जोगियो काठमाडौं आउँदै गरेको विमान

सोमबार, चैत्र ४, २०७५ साल,
काठमाडौं । पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् ।

भारतको प्रमुख सन्चारमाध्यम टाइम्स अफ इण्डियाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उधृत गर्दै जनाए अनुसार गत शुक्रवार अपरान्ह काठमाडौं आउँदै गरेको इत्तेहाद एयरलाइन्स र पेरिसतर्फ गइरहेको एयर फ्रान्सका जहाज केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएका हुन् ।

आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान ३१ हजार फिटको उचाइमा उडिरहेको थियो भने भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज ३२ हजार फिटको उचाइमा उडिरहेको थियो ।

अपरान्ह १ बजेर ४० मिनेटको समयमा मुम्बई एयर ट्राफिक कन्ट्रोलले इत्तेहादको उडानलाई ३३ हजार फिटमा जान निर्देशन दियो । काठमाडौं आउँदै गरेको जहाजले उचाइ लिने क्रममा विपरित दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भयो ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411