माउन्टेन हाईड्रोको आईपिओ बाँडफाँड, ४७ प्रतिशलले ४० कित्ता पाए

आईतवार, चैत्र ३, २०७५ साल,
काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर ९आईपिओ० चैत ३ गते आइतबार सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड भएको छ। आईपिओमा आवेदक गरेर सदर भएका २३ हजार ९६५ आवेदकले ४० कित्ता शेयर प्राप्त गरेका छन् भने २६ हजार ९७३ आवेदकले ३० कित्ता शेयर पाएका छन्।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका सबै ५० हजार ९३८ जना आवेदकलाई कित्ताका दरले १५ लाख २८ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। यसरी बाँडफाँड गरेर बाँकी रहेको दुई लाख ३९ हजार ६५० कित्ता शेयर गोलाप्रथाबाट ५० देखि ९ हजार ७५० कित्तासम्म आवेदन गरेका ५० हजार ९३८ आवेदकमध्ये भाग्यमानी २३ हजार ९६५ आवेदकले ४० कित्ताका दरले प्राप्त गरेका हुन् । २६ हजार ९७३ आवेदकले भने ३० कित्ता प्राप्त गरे ।

यसरी हेर्दा कूल आवेदकको ४७.०५ प्रतिशत आवेदकले ४० कित्ता र ५२.९५ प्रतिशत आवेदकले ३० कित्ता प्राप्त गरे।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल एक सय रुपैयाँ अंकित दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411