न्युजील्यान्डका मस्जिदमा भएको गोलीकाण्डमा मर्नेको संख्या ४० पुग्यो, चारजना पक्राउ

शुक्रबार, चैत्र १, २०७५ साल,
एजेन्सी । न्युजील्यान्डको क्राइस्टचर्चस्थित दुईवटा चर्चमा शुक्रवार भएको गोलीकाण्डमा मर्नेहरूको संख्या ४० पुगेको छ । चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजील्यान्डकै इतिहासको सबभन्दा खराब आतंकवादी घटना गराएका हुन् ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नले लिनवूड मस्जिदमा १० जना मारिएको अनि डीन्स एभेन्यु मस्जिदमा ३० जना मारिएको बताएकी छन् । थप २० जना घाइते भएका छन् । यो अभूतपूर्व घटना भएको बताउँदै आर्डर्नले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिइन् ।

हिरासतमा राखिएका चारजना व्यक्ति आतंकवादी निगरानी सूचीमा थिएनन् । आक्रमणको योजना लामो समयदेखि बुनिएको स्पष्ट भएको प्रधानमन्त्री आर्डर्नले बताइन् । तीनजनालाई आक्रमणकै सिलसिलामा पक्राउ गरिएको थियो भने अर्का एकलाई छुट्टै पक्राउ गरिएको थियो ।

आर्डर्नले आरोपितहरूका बारेमा थप विवरण दिन नसक्ने बताइन् । आरोपितहरूको गाडीमा दुईवटा बम जडान गरिएको थियो तर त्यसलाई पछि निष्क्रिय पारिएको थियो ।

देशको राष्ट्रिय सुरक्षामा जोखिम स्तर उच्च बनाइएको छ । डिफेन्स फोर्सले क्राइस्टचर्चमा थप प्रहरी पठाएको छ । बन्दूकधारीहरूले मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । हिरासतमा रहेका चार व्यक्तिमध्ये तीन पुरुष हुन् भने एक महिला हुन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411