बैशाख १ देखि ५ लाख भन्दा बढिको कारोबारीलाई प्यान अनिवार्य

बिहीवार, फागुन ३०, २०७५ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ठुला कारोबारीको लागि आगामी बैशाख १ गतेदेखि स्थायी लेखा नम्बर प्यान अनिवार्य गर्ने भएको छ ।

यस अघि बोर्डले दोस्रो बजारमा कारोबार गर्ने सबै लगानीकर्ताको लागि प्यान अनिवार्य गर्ने निर्णय गरेकोमा लगानीकर्ताको सुझाव र अर्थ मन्त्रालयको निर्णय बमोजिम ठुला कारोबारीलाई मात्र प्यान अनिवार्य गर्ने भएको हो ।

जस अनुसार आगामी बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गरिने भएको छ । अन्य लगानीकर्तालाई भने बोर्डले प्यान लिन प्रोत्साहित गर्ने र हालको स्वेच्छिक राख्ने निर्णय गरेको छ ।

लगानीकर्ता,  सरोकारवालाहरु र अर्थ मन्त्रालयले गठन गरेको उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार यस्तो ब्यबस्था गरिएको बोर्डका प्रबक्ता निरज गिरिले बताएका छन् ।यस बाट दोस्रो बजारमा प्यान कार्यन्वयन सहज रुपमा अगाडी बढ्ने बोर्डले बिश्वास लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489